Logo
Logo

राष्ट्रियसभामा दुई विधेयक पेश


756
Shares

काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ । आज मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्