Logo
Logo

राष्ट्र बैंकले बजारबाट २० अर्ब उठाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि रिभर्स रिपोमार्फत बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले १० दिने अवधिका लागि २० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो ।

रिपोमा बैंक, विकास बैंक, वित्त कम्पनीले लगानी गर्न पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरेको हुनुपर्ने छ ।

रिपोमा सहभागी हुन आज ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोल विधिमार्फत भारित औसतमा ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत बजारको पैसा खिच्ने गर्दछ । बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ज्यादै न्यून रहेको छ । प्रणालीमा निक्षेप मात्रै संकलन हुने कर्जा प्रवाह नहुने भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बजारबाट पैसा उठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्