Logo
Logo

पाकिस्तानी राजदूत निवन्ध प्रतियोगिता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौँस्थित पाकिस्तान राजदूतावासले ‘आठौँ पाकिस्तानी राजदूत निवन्ध प्रतियोगिता’ र ‘चौथो पाकिस्तानी राजदूत वक्तृत्वकला’ प्रतियोगिताका विजयी छात्रहरुलाई पुरस्कार प्रदान गरेको छ । वक्तृत्वकला प्रतियोगिताका विषय सफलताको साँचो बाहि¥याउनुभन्दा समावेशीतामा छ’ भन्ने थियो भने निवन्ध प्रतियोगिताको विषय ‘सिल्क रुट ः अतीत, वर्तमान र भविष्य’ थियो ।

दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगत् सुनारले क्रमशः ५०, ४० र ३५ हजार रुपैयाँका साथै पदक तथा प्रमाणपत्र वितरीत गर्नुभयो ।

उक्त समारोहमा नेपाल–पाकिस्तानमैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालयशम्शेर राणा विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा नेपालका हायर सेकेण्डरी लेभलदेखि विश्वविद्यालस्तरसम्मका हजारौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्