Logo
Logo

सीमा मिचेको भन्दै भारत बिरुद्ध अमेरिकामा समेत प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ पुस ।
भारतले नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका रणनीतिक ठाउँहरु कब्जा गरेकोमा अमेरिकामा बस्ने नेपालीहरुले ह्वाईट हाउस अगाडि भेला भएर विरोध जनाएका छन् ।


डिसेम्बर १५ मा अमेरिकी राष्ट्रपति भवन अगाडि भेला भएका नेपालीहरुले भारतलाई नेपाली भुभाग तत्काल छाड्न चेतावनी दिए । उनीहरुले भारतले हेपाहा प्रबृत्ति त्यागेर नेपालको सार्वभौमिकताको सम्मान नगरे यस मुद्धालाई अन्र्तराष्ट्रियकरण गर्न समेत आफुहरु पछि नपर्ने उद्घोष गरे ।

अमेरिकामा बस्ने नपालीहरुको एएनए अगायतका संस्थाहरुको आयोजनामा भएको प्रदर्शनमा सयौं नेपालीले सहभागिता जनाएका थिए । अमेरिका जस्तो ब्यस्त जीवन शैली भएको ठाउँमा विभिन्न पेशा र ब्यवसायमा संलग्न नेपालीहरु आफ्नो काम छाडेर प्रदर्शनमा सहभागी हुन आएका थिए ।

नेपाली भेषभुषामा प्रदर्शनमा सहभागिता जनाएका उनीहरुले आफ्नो मातृभुमिका रक्षाका लागि विदेशमा रहेर समेत उत्तिकै योगदान गर्नु नेपालीहरुको कर्तब्य भएको बताए । भेलामा एएनएका खगेन्द्र अधिकारीले सम्बोधन गर्दै मातुभुमिको रक्षा र बिकासका लागि अमेरिकामा रहेका नेपालीहरु पनि उत्तिकै चिन्नित र सक्रिय रहेको बताए ।

उत्तर अमेरिकामा बस्ने पाँच लाख नेपालीहरुको तर्फबाट भारतको मिचाहा प्रबृत्तिको विरोधमा प्रतिनिधिमुलक प्रदर्शन भएको अधिकारीले बताए । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भुभाग भएको र त्यसको एक ईन्च नछाड्ने र अरुको एक ईन्च पनि नलिने उनले उद्घोष गरे ।

अधिकारीले अमेरिकामा बसेका नेपालीहरुको प्रदर्शनलाई सफल बनाउँन सबै संघसंस्थाहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले उच्च प्रशंसा पनि गरे ।

अमेरिकामा भएको यस प्रकारको प्रदर्शनले विश्वका अरु देशमा रहेका नेपालीहरुलाई पनि आफ्नो मातृभुमिको सरोकारबारे चासो राख्न प्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्