Logo
Logo

काठमाडौं महानगरले गर्यो दुई सहकारी संस्थाको दर्ता खारेज


2.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका काठमाडौं ५ चाबहिलको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी भएको जानकारी दिएको हो । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरूको दर्ता खारेजी गरिएको हो ।

उक्त ऐनकाअनुसार ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाइ बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यी दुई संस्थाहरूले विभिन्न समयमा दर्ता खारेजी स्वीकृतिका लागि महानगरका निवेदन दिएका थिए । सोहीअनुसार हाल संस्थाहरू सञ्चालनमा नभएकाले दर्ता खारेजी गरिएको महानगरको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्