Logo
Logo

कोशीका मुख्यमन्त्रीले लिए शपथ, प्रदीप र कमल बने मन्त्री


3k
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए ।

यसैगरी, नवनियुक्त मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् ।

मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने बताइएको छ । माओवादी केन्द्र र जसपाले भने सरकारमा मन्त्री पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस्