काठमाडौं । तिब्बत एयरलाइन्सले आइतबारदेखि सियान-काठमाडौं रुटमा सिधा उडान पुनः सुरु हुने भएको छ । एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर ल्याएको हो ।

सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि १२ हजार ६०० (६९० युयान) मात्र र सियान–काठमाडौं–सियान दुईतर्फी यात्राको १८ हजार रुपैयाँ (९९० युयान) तय गरेको छ ।
यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइनेछ ।
एयरलाइन्सले काठमाडौंसहित नेपालका पर्यटकीय गन्तव्यको बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान संचालन गर्ने जनाएको छ ।
यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुनःसुचारु भएको छ । त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ ।











