Logo
Logo

डोटीमा घर भत्किएर च्यापिँदा एक महिलाको मृत्यु


1k
Shares

डोटी । डोटीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–५ गैरामा शनिवार राती एक घर भत्किदा ३० वर्षीया गङ्गा मलासीको च्यापिँएर मृत्यु भएको प्रहरीले जनाएको छ।

चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

घटनापछि राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी टोलीले टोलीले बिहान ५ बजे मलासीको शव निकालेको प्रहरी नायव निरीक्षक आनसिंह धामीले जाकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्