
काठमाडौं । मनसुन जारी रहँदा आज देशका अधिकांस स्थानमा पनी पर्ने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहको छ ।
वर्षा जारी रहेपनि आज र भोली प्रमुख नदीहरूको बहाव सतर्कताभन्दा तलै रहनेछ बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार भने सप्तकोसी र यसका सहायक नदीहरू, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाको भनाइ छ ।
यसका केही स–सना सहायक नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने पुर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।










