काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् ।

अध्यक्ष ओलीले सदन सञ्चालन गर्न आफुहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । त्यस्तै, उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ । त्यसपछि मात्र सहमति जुट्छ । सहमित भएपछि मात्र संसद खुल्छ ।’
यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने बिषयमा शीर्ष दलको बैठक बसेको थियो ।










