Logo
Logo

प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ : एमाले


1.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने जनाएको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पार्टीको अडान कायम रहेको प्रष्ट पारेका हुन् ।

संसद् भवन परिसरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले आइतबार प्रमुख तीन दलको बैठकले समेत निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनैपनि हालत क्षम्य नहुने उनको भनाइ थियो ।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुारिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो । त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई माटोमा मिलाउने काम गर्नुभएको छ । देशका बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिनु कुरा आफैंमा गम्भीर र आपत्तिजनक कुरा हो । यो निन्दनीय छ । त्यसकारणले उहाँले तत्काल राजीनामा दिनुपर्छ । राजीनामाको विकल्प छैन ।’

उनले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्काल राजीनामा दिइसकेको हुने जिकिर गरे । उनले सरकारले मिटरब्याज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि विधेयक संसद्मा नल्याएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्