Logo
Logo

एसिसी इमर्जिङ कप खेल्न नेपाली टोली श्रीलंका जाँदै


2.5k
Shares

काठमाडौं । असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन नेपाली क्रिकेट टोली टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ।

श्रीलंका जानुअघि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई आज (सोमबार) विहान विदाइ गरेको छ। प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्नेछ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्