Logo
Logo

पढ्न विदेश जानुपर्छ भन्ने मानसिकता फेर्नुपर्छ : अर्थमन्त्री


693
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पढ्न विदेश जानु पर्छ भन्ने मानसिकता फेर्नु पर्ने बताएका छन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा नेपाली समाजमा विदेश पढ्न जानुपर्छ भ्ने मान्यता रहेको र यसलाई फेर्नु पर्ने बताए ।

‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ’, मन्त्री महतले भने, ‘ यसलाई रिर्भस गर्नुपर्ने आजको आवश्यकता छ ।’

आफू अध्ययनका लागि बाहिर गएको स्मरण गर्दै मन्त्री डा. महतले भने, ‘बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएका छ । ०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुन्थ्यो, छात्रावृत्तिमा सीमित मान्छे जान्थे । ०४६ सालभन्दा ठीक एक वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान म पूर्ण छात्रावृत्तिमा चुनिए । तर, म प्रजातन्त्रका लागि लडिरहेको योद्दा थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व पनि गर्थे । त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ । त्यसबेला अन्यथा विचार राख्ने वित्तिकै उनीहरुले पासपोर्ट पाउँदैन थिए । मैले पनि नपाउने भएँ । तर, त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ । त्यो सफल भएको कारणले म पढ्न जान पाएँ ।’

प्रतिक्रिया दिनुहोस्