काठमाडौं । संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमामा तीन जनाबीच छलफल भएको हो ।

प्रधानमन्त्री दाहालसँगको छलफल सकेर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली सँगै बाहिरिएका थिए । सोमबार संसद्मा अवरोध खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’
यसअघि आइतबार पनि प्रतिनिधिसभाको बैठकको अवरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो ।
प्रतिनिधिसभाको आजको ३ बजे डाकिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।










