काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रकोसमेत अवहेलना गरेको बताए ।
‘मलाई प्रधानमन्त्री बनाउन प्रतिपक्षी दलका साथीहरूले लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै आएको देख्दा म गम्भीर भएको छु । किनकि मलाई प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन । मेरो भित्रको कुरा भन्दै छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रितम सिंहले बनाएको त होइन । यो भन्दा धेरै नबोलौँ । त्यो बेलामा के स्थिति थियो उहाँहरूलाई राम्रो थाहा छ ।’
प्रधानमन्त्री प्रचण्डले आफु कुन परिवेशमा प्रधानमन्त्री भएको भन्नेबारे सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दलका प्रमुख नेतलाई थाहा भएको बताए ।
‘म प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा छ’, उनले भने । थाहा हुँदा हुँदै ककसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदा हुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो मभित्र प्रश्न उठेको छ ।’
यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू लामो समयसम्म प्रधानमन्त्री हुन्छु भन्ने नभएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वमा कयौँ नेताहरु, प्रधानमन्त्रीहरु १२ दिन, १३, दिन, १० दिन भएको पनि पढ्थिए त्यतिबेला । हामी पनि ६ महिना, ९ महिना भएको पनि श्रृंखलाबद्ध अनुभव त छँदैछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसकारण अब म धेरै बर्षलाई प्रधानमन्त्री हुन्छु भन्ने त्यतिबेला पनि थिएन । अहिले पनि म लामो प्रधानमन्त्री हुन्छु भन्न मलाई छैन ।’
उनले आफु प्रधानमन्त्रीमा जतिदिनसम्म रहने पनि राष्ट्र र जनताको पक्षमा काम गर्ने बताए । ‘म जतिदिनसम्म प्रधानमन्त्री हुन्छु यो पटक राष्ट्र र जनताको पक्षमा काम गरेरै देखाउनुपर्छ भन्नेबाहेक म संग केही पनि छैन । मैले अब के गर्नु छ ? मैले अब गर्नुपर्ने बाँकी के नै छ र मेरो ?’, उनले प्रश्न गरे ।










