Logo
Logo

पाटा नेपाल च्याप्टरमा नयाँ कार्यसमिति चयन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३औ वार्षिक साधारणसभा गत बुधबार काठमाडौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘डिजाइन थिङ्कििङ–क्रिएटिङ लाइफ टाइम एक्सपेरिएन्सेस इन नेपाल’ भन्ने मूल नाराकासाथ सु–सम्पन्न भएको छ । संघको ४३ औ साधारण सभाले हिमालयन होलिडेज ट्रेकिङका संस्थापक श्री विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नव निर्वाचित अध्यक्ष विभूतिचन्द ठाकूरले पाटा नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउदै आगामि दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरु संग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले नेपाल सरकारको समृृृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटन मार्फत उजागर एवम् सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यासहरु, मानव संशाधन विकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ मा आफ्नो कार्यदिशा अगाडी बढाउनुका साथै पूर्वाधार विकास, पर्यटन सम्बन्धी नीतिगत सुधार र हवाई क्षेत्र तथा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सवलीकरण जस्ता पक्षमा अफ्नो वकालत अगाडि बढाउने कार्यलाई प्राथमिकता दिने बताउनुभयो ।

नव निर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष टङकनिधि दाहाल (नेपाल वायुसेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।

त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजन पोखरेल (नागरिक उड्यन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायुसेवा निगम), र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज),टासी गुरुङ (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपाल भ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन । पाटा नेपालले कार्यसतिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल –प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्त माथेमा –एसडियू ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कूलप्रसाद सुवेदी –हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।

कार्यक्रमको औपचारिक समारोहबीच वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्रमा प्रखर वक्ता, स्वच्छ छवि र निष्ठावान एवम् बहुमुखी प्रतिभा भएका व्यक्तित्वको रुपमा चिरपरिचित श्री रवीन्द्रराज पाण्डेलाई लामो समयदेखि आवद्ध रहीलाई वहाँले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पू¥याएको अतुलनीय योगदान तथा वहाँको समाजिक कार्यहरु प्रतिको समर्पणको उच्च मूल्याङ्कन गदै “पाटा पर्सनालिटी अफ द ईयर २०१९” अवार्डद्धारा सम्मानित गरियो । त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्या¥टरहरु मध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कार समेत प्रदान गरेको छ । साथै पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पु¥याएर अवकास लिनुभएकी कर्मचारी मिना खड्का र पाटान नेपाल स्टुडेन्ट च्याप्टरमा आवद्ध विद्यार्थी सगरमाथा आरोही निसा भोटेलाई समेत सम्मान एवम् कदरपत्र प्रदान गरिएको थियो ।

निर्वतमान अध्यक्ष सुनील शाक्यले आफ्नो दुई वर्षे कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउनु हुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई घन्यवाद ज्ञापन गर्दे नेपालको दिगो पर्यटन विकासका लागि सबै एकभई कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रमण वर्षको महाअभियानलाई अबिचलित रुपमा सफल पार्न पर्यटन बोर्डका सिइओ जोशीको कार्यकाल कम्तिमा भ्रमण वर्ष अवधिभरका लागि पदावधि थप्न आवश्यक रहेको बताउदै माननीय पर्यटनमन्त्री, सरकारी तथा निजी क्षेत्रमा संलग्न सरोकारवालाहरुलाई अपिल गर्नुभयो ।

साधारण शभालाई सम्बोधन गर्दै, पाटा अन्तर्राष्ट्रिय का सिईओ डा मरिओ हार्डीले पाटा नेपाल च्याप्टर को सकृय एवम प्रभावकारी कार्यहरु को प्रशंशा गर्दै “हार्र्नेेिसङ ग्लोबल टुरिज्म अपर्चुनिटिज’ शीर्षकमा प्रस्तुतिकरण पेश गर्नु भयो । उहाँले बर्ष २०२० का लागी पाटाले “कोलाबोरेशन फर टुमरो“ मूल नारा लाई दिगो पर्यटन बिकासका लागी रणनीतिक आभियनलाई आत्मसाथ गरेको बताउँदै नेपालले बढी भन्दा बढी सहकार्य तथा साझेदारीमा जोड दिनुका साथै आधिक्तम देशहरुका पर्यटकहरुका लागि भिजा एवम अन्य यात्रा सम्बन्धित औपचारिक प्रकृयाहरुलाई सहज पार्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो ।

पाटा नेपालका प्रथम उपाध्यक्ष तथा नेपाल पर्यटन बोर्डको सिईयो दीपकराज जोशीले सुनिल शाक्यको अध्यक्षतामा पाटा नेपाल च्याप्टरले एक सफल एवम उपलव्धिपूर्ण कार्यकाल सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्दै नेपाल पर्यटन बोर्ड निजी क्षेत्र संग सहकार्य र समन्वय गरी सम्भावित नयाँ गन्तव्यहरुको विकास तथा पर्यटन प्रवधर्न र विकासका लागि हरेक किसिमका कार्यहरु गर्न तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा आमन्त्रित कार्यक्रममा आमन्त्रित प्रमुख वक्ता स्टु लियोडले नेपालको पर्यटन संवन्धि व्यावसायी तथा सरोकारवालाहरुले आफ्ना अतिथि पर्यटकहरुलाई लाईफटाईम एक्सपिरियन्स प्रदान गर्न अपनाउनु पर्ने डिजाई थिङकिङ अभ्यासहरुका वारेमा प्रस्तुतिकरण पेश गदैं नेपाललाई लाईफटाईम एक्स्पिरियन्सको गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक पक्षहरु जस्तै दुविधारहित अध्यागमन प्रकृयाहरु प्रदान गर्ने, भ्रमण वर्ष २०२० सम्वन्धी अन्तर्राष्ट्रिय तवरमा व्यापक सुचना प्रवहा गर्ने लगायत पर्यटकहरुलाई सुरक्षित वातावरणमा स्थानिय कला संस्कृतिको अनुभव प्रदान गराउने इत्यादिकार्यकरुबारे ध्यानकार्षण गराउनु भयो ।

भ्रमण वर्ष कार्यक्रम संयोजक सुरज वैधले नव निर्वाचित कार्य समितिलाई बधाई ज्ञायापन गदैं पाटाले निरन्तर रुपमा भम्रण वर्ष अभियान प्रति प्रस्तुत गरेको सहकार्य र सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो र पाटाको सहकार्यमा आयोजना गरिने नाईस कार्यक्रम र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन विद्यार्थीहरुलाई स्वयम सेवकको रुपमा परिचालन गर्ने कार्यक्रम भ्रंमण वर्ष सफल बनाउन महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्