Logo
Logo

सोलुखुम्बुबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


2.9k
Shares

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

बिहान उडेको होलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिएका छन् ।

प्रवन्धक न्यौपानेका अनुसार नाइन एन–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्क विहीन भएको हो । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । सवार ५ यात्रु विदेशी नागरिक रहेका छन् ।

सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । त्यसपछि विमान सम्पर्कमा आउन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्