Logo
Logo

महानगरले हटायाे सडक व्यापारीमाथि अमानवीय व्यवहार गर्ने १२ जना नगर प्रहरी


2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको छ ।

उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए ।

केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए । सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछार पछारसमेत गर्ने गरेको भिडिओ सार्वजनिक भएका थिए।

कारवाहीपछि सबै नगर प्रहरीलाई महानगरले आचरणसम्बन्धी तालिम पनि दिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्