Logo
Logo

सीता दाहालको महाप्रस्थान (फोटोफिचर)


2.5k
Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दिवंगत दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री एवं सीताकाका श्रीमान् प्रचण्डसँगै दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका थिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

अन्त्येष्टि अघि सीता दाहालको पािर्थव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेसिस डाँडामा राखिएको थियो । जहाँ विभिन्न नेता, कुटनीतिज्ञ, पार्टीका कार्यकर्ता एवं उनका शुभचिन्तक श्रद्धाञ्जली दिन पेरिस डाँडा पुगेका थिए । पार्टी कार्यलयबाट पशुपति पशुपति आर्यघाटसम्म शवयात्रा गरिएको थियो । जहाँ हजारौँ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्