Logo
Logo

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्टद्वारा एमसीसी कार्यान्वयनबारे चासो


630
Shares

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपालकाे एकदिने भ्रमणमा आइपुगेका डोनाल्टले यसअघि नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवासँग भेट गरेका थिए ।

परराष्ट्रमन्त्री साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लूले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे चासो लिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र त्यसपछि अमेरिकाबाट नेपाललाई सहयोगको निरन्तरताबारे उनीहरुबीच कुरा भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।

त्यस्तै, भेटमा अमेरिकी सहयोगमा बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले सहायक विदेशमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को समयमा प्राप्त विशेष सहयोगका लागि धन्यवाद पनि दिए ।

सोक्रममा लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएका छन् ।

साथै, दुई देशबीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्षमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे पनि कुरा भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । लूको आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्