काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबार दिउँसो काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु शुक्रबार साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुअघि उनले स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एकदिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं आइु्पगेका हुन् ।
यसअघि लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । सोक्रममा उनले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे चासो लिएका थिए ।














