Logo
Logo

साउन १ गतेदेखि सबै सशुल्क च्यानल बन्द हुने


1.4k
Shares

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुन विदेशी च्यानल बन्द हुने अवस्था आएको जनाएको छ । सूचना तथा प्रशारण विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेज प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको जनाएको हो ।

भारतीय सःशुल्क (पे) टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगर्ने जनाएपछि विभागले सम्बद्ध सबैलाई सरकारी निर्णयलाई सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानलहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको बुके बनाएर मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएपछि सरकारले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको छ ।

विभागका प्रवक्ता सुदीप भट्टराईद्वारा जारी विज्ञप्तिमा मागअनुसार बुके र शुल्क नबुझाएकाले अला कार्ट प्रणाली लागू गर्न अवरोध देखिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्