Logo
Logo

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुनेगरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

उक्त प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको निगमले जनाएकाे छ । उक्त निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।

प्रतिक्रिया दिनुहोस्