Logo
Logo

रास्वपाका उपसभापति अर्याललाई मार्ने धम्की दिएका कालीकोटे पक्राउ


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ गरेका छन् ।

१९ असारमा मोवाइलमा म्यासेज पठाएर अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

उनले त्यस दिन दिउँसो अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले मोबाइलमा ज्यान मार्ने धम्की दिएको म्यासेज पाइएकाले पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्