Logo
Logo

४२ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति



काठमाडौं । गत आर्थिक वर्ष (२०७९/८० मा ४२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।

आर्थिक वर्ष २०७८/७९ मा २८ कम्पनीले मात्रै आईपीओ निष्कासन गर्न अनुमति पाएका थिए । गत आर्थिक वर्षमा आईपीओ निष्कासन गर्न अनुमति पाएका कम्पनीहरूमध्ये अधिकांशले आईपीओ निष्कासन गरिसकेका छन् । एक वर्षमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये अधिकांश जलविद्युत कम्पनीहरू छन् ।

आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये २९ जलविद्युत कम्पनी, ४ लघुवित्त कम्पनी, ४ बीमा कम्पनी, २ अन्य कम्पनी र होटल, लगानी र उत्पादन तथा प्रशोधन समूहका एक एक कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

सेबोनले रू. २२ अर्ब ३७ करोड ८६ लाख बराबरको १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्