Logo
Logo

चार दललाई १५ हजार जरिबाना गर्ने आयोगको निर्णय


4.7k
Shares

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार दललाई जरिबाना गर्ने भएको छ ।

आयोगको आज बसेको बैठकले पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पाटी, समाजवादी पार्टी नेपाल र नेपाल दलित पार्टीलाई १५ हजार जरिबाना गर्ने निर्णय गरेको हो ।

आयोगका एक पदाधिकारीका अनुसार उनीहरूलाई सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गरी त्यसको सात दिनभित्र आयोगमा बुझाउन निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्