Logo
Logo

अनेरास्ववियुले स्कुल-कलेज चेस प्रतियोगिता आयोजना गर्दै


5k
Shares

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्कुल–कलेज चेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता यहि साउन १२ र १३ गते प्रदर्शनीमार्गस्थित आर.आर क्याम्पसमा हुने भएको हो । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, पदक र प्रमाणपत्रसहित ५० हजार राशी रहेको छ ।

द्वितीय पुरस्कार ट्रफी, पदक, प्रमाणपत्रसहित ३० हजार र तृतिय पुरस्कार ट्रफी, पदक, प्रमाणपत्रसहित २० हजार रहेको छ ।
उत्कृष्ट हुने विद्यालय र २ कलेजलाई १० हजार सहित ट्रफी र प्रमाणपत्र दिइने छ ।

त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई प्रतिव्यक्ति ३ हजारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस प्रतियोगितामा मुख्य आर्बिटर उत्तम ढुंगेल र आर्बिटर मिशन बास्कोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्