Logo
Logo

राष्ट्रिय युवा फोरम : को हुन् सचिव दावेदार प्रवेश पौडेल ?



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया राष्ट्रिय युवा फोरमको सचिव पदमा प्रवेश पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । । यही २९ जुलाईमा हुने निर्वाचनका लागि जितको दावीसहित पौडेलले उम्मेदवारी दिएका हुन् ।

अन्तराष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया पुगेका पौडेल त्यहाँको नेपाली समाजमा लोकप्रिय छन् । अष्ट्रेलियामा पौडेल सहयोगी एवं युवा पुस्तामा कला र क्षमताका अब्बल व्यक्तिका रूपमा चिन्छन् ।

अष्ट्रेलियाबाट बिजनेस र एकाउन्टेन दुई विषयमा स्नाकोत्तर गरेका पौडेल लामो समयदेखि अध्ययन, रोजगारी र हाल बैंकिङ क्षेत्रमा आबद्ध छन्। साथै, उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रही नेपालीको सेवामा तत्पर रहँदै आएका छन् । अष्ट्रेलियामा रहेका नेपालीलाई हरेक समस्यामा साथ दिँदै आएकाले पनि उनी त्यहाँ लोकप्रिय भएका हुन् ।

एनआरएनए अष्ट्रेलियाको ‘टाक्स फोर्स’मा काम गरिसकेका पौडेल ‘नेप्लीज कम्युनिटी अफ न्यूकालस’का संस्थापक सह-सचिव र निवर्तमान सचिव हुन् ।

आगामी दुईवर्षे कार्यकालमा सचिव पदमा विजयी भएपश्चात् के-के गर्ने भन्ने योजनासमेत पौडेलले तय गरिसकेका छन् । नेपाली समुदायका हरेक गतिविधिमा साथ दिनेदेखि विशेषगरी युवा र विद्यार्थी केन्द्रित योजनासहित जिम्मेवारी लिने र पदमा बस्दा रचनात्मक काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

अष्ट्रेलियामा राष्ट्रिय युवा सम्मेलन गरेर सम्पूर्ण युवा र विद्यार्थीलाई एकताबद्ध बनाएर काम गर्ने, स्वरोजगार, आत्मनिर्भर र युवाको सुन्दर भविष्यसँग जोडिएका सवाल र मानसिक स्वास्थ्यलगायतका दर्जनौँ विशेष कार्यक्रम ल्याउने उनको योजना छ ।

अष्ट्रेलियामा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीलाई नजिकबाट सहयोग गर्दै आएका पौडेल राष्ट्रिय युवा फोरमका हेविवेट उम्मेदवार मानिएका छन् । नेपाली युवामा सम्भावना बोकेका युवा भएकाले पौडेलप्रति सबैको साथ सद्भावसमेत रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्