Logo
Logo

डा. अर्जुन बञ्जाडे एनआरएनए अमेरिकाको अध्यक्ष निर्वाचित



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा। अर्जुन बञ्जाडे विजयी भएका छन् । आइतवार राति भएको निर्वाचनमा प्रतिस्पर्धी डिलुराम पराजुलीलाई पराजित गर्दै बञ्जाडे विजयी भएका हुन् ।

बञ्जाडेले ५ हजार ७३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८०६ मत प्राप्त गरे । विकास उप्रेती वरिष्ठ उपाध्यक्ष र रामहरि अधिकारी महासचिव निर्वाचित भएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ अर्घातोस स्थायी घर भएका बञ्जाडे यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष थिए ।

नेपालमा प्राध्यापन समेत गरेका बञ्जाडेले अमेरिकाको ओहियो युनिभर्सिटीबाट विद्यावारिधी गरेका छन् । अमेरिकामा नेपालीमाझ उनले समाजसेवीको छवी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्