Logo
Logo

सानेपामा एनआईसी एशिया बैंकको नयाँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट एक समारोहका बीच उद्घाटन भएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल एनआईसी एशिया बैंकको मुलुकभर ३१३ शाखा कार्यालय, ४०५ एटिएम काउन्टर, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्