Logo
Logo

कामना सेवा विकासको ६ नयाँ शाखा सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम उत्पादनहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई समयसापेक्ष अझै उच्च स्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै जानेसमेत जानकारी दिएको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ शाखा तथा ६० एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्