Logo
Logo

सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी तिरै : विष्णु रिजाल


3.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई जताबाट घुमाएको माओवादी तिरै फर्किएको बताएका छन् । गत असार २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बहिरिसकेको अवस्थामा एक सय किलो सुन बरामत प्रकरणका मुख्य नाइके पत्ता लगाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले अनुसन्धान गरिरहेको अवस्थामा एमाले नेता रिजालले उक्त प्रकरणमा माओवादीकै संलग्न रहेको आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै सुन तस्करी प्रकरणमा माओवादीका नेताहरुकै संलग्नता रहेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’

उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन्। ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’

प्रतिक्रिया दिनुहोस्