
काठमाडौं । निर्माण व्यवसायीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित आज (मंगलबार) बिहान विरोध प्रदर्शन गरेका हुन् ।
निर्माण व्यवसायीहरुले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेका हुन् । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।














