Logo
Logo

मलेसियमा सन्देश इन्टरनेशनल अर्वाड सम्पन्न


- दृष्टि न्युज/संवाददाता


मलेसिया, १५ पुस । मकवानपुरको हेटौंडामा रहेको सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) को आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा मलेसियाको क्वालालम्पुरमा दोस्रो सन्देश इन्टरनेशनल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा बिभिन्न १२ विधामा १२ जनालाई अर्वाड र २ जनालाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गनुहुँदैं मलेसयाका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतवास सधैं साथमा रहेको बताउनुभयो । गैंह्रकानुनी ढगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्नुहुँदैं राजदूत पाण्डेले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गर्नुभयो । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा एनआरएनए एसिया प्यासेफिक सहसंयोजक खगेन्द्र न्यौंपानेले अब सबैं नेपाली मिलेर नेपाललाई समृद्ध नेपाल बनाउन लाग्नुपर्ने बताउनुभयो । बैंदेशिक रोजगारीमा रहनुभएका आम नेपालीहरुसंग आफु सधैं साथमा रहेको बताउनुहुँदै न्यौंपानेले देशको विकास समृद्धीको निम्ती निरन्तर लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेष्ट कमेडियन अर्वाड मरिचमान श्रेष्ठ (बल्छी धु्रवे) लाई प्रदान गरिएको थियो भने मुभी पर्सन अफ दि ईयर सुशान्त श्रेष्ठलाई र मुभी जर्नालिष्ट अफ दि ईयर रविचन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।

त्यस्तैं सामुदायिक बिद्यालयतर्फ हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाअध्यापक बिरबंश बैंठालाई एजुकेशन अर्वाड प्रदान गरिएको थियो ।

कार्यक्रममा युथ अर्वाडबाट योग्यराज सापकोटा र सन्तोष पराजुली, सोसल अर्वाड सिएम रिमाल, जर्नालिष्ट अफ दि ईयर तिलक अधिकारी, हेल्थ अर्वाड ङाजीलाल लामा, युथ बिजनेश पर्सन अर्वाड श्रीराज भण्डारी, आईटी अर्वाड गजेन्द्र चालिसे र आर्टिस्ट अफ दि ईयर फुर्वादोर्जे मोक्तानलाई प्रदान गरिएको थियो ।

यसैगरी सामुदायिक सञ्चार समुहले हरेक बर्ष प्रदान गर्दै आएको नेशनल रेक्सपेट अर्थात राष्ट्रिय सम्मान यो बर्ष खगेन्द्र न्यौंपाने र शंकरबहादुर पौंडेललाई प्रदान गरिएको छ । न्यौपाने र पौंडेल दुबैंजना लामो समयदेखी मलेसियामा बस्दैं आउनुभएको छ । हाल एनआरएनए एसिया प्यासेफिक सहसंयोजक रहनुभएका न्यौंपाने उज्यालो नेपाल अभियानका अभियान्ता पनि हुनुहुन्छ । उहाँले नेपालमा हाईड्रो लगायत बिभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ । नेपालमा लगानी गरेर धेरैं युवाहरुलाई रोजगारी प्रदान गरिरहनुभएका न्यौंपाने सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ । अर्का सम्मानित व्यक्तित्व पौंडल एनआरएनए मलेसियाका पुर्व अध्यक्ष ंहुनुहुन्छ । धेरैं बर्षदेखी मलेसिया रहनुभएका पौंडेल मलेसियाको पुरानो नेपाली हुनुहुन्छ । पौंडेल मलेसियमा रहेका नेपालीहरुको सुखदुखमा सधैं साथमा हुनुहुन्छ । कार्यक्रममा नेपाल टेलकमले प्रदान गर्दै आएको सेवा र सुविधका बिषयमा अन्तक्रिया पनि गरिएको थियो ।

सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) ले एउटा सामाजिक अभियान स्वरुप अर्वाड कार्यक्रम गरिएको सामुदायिक सञ्चार समुहका अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो । अर्वाड कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने सम्पुर्णलाई अध्यक्ष खड्काले धन्यवाद ज्ञापन पनि गर्नुभयो । नेपाल टेलिकमको प्रायोजनमा भएको कार्यक्रममा मलेसियामा रहेका २५ भन्दा बढीसंघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मलेसियामा रहनुहुने युवा व्यवसायी तथा खेलप्रेमी हिमालयन क्लवका अध्यक्ष सन्तोष कार्की, निकास साप्ताहिकका संस्थापक रामचन्द्र पौंडेल, एनआरएनएका केन्द्रीय सदस्य विश्व राई, मलेसियाको क्वालालम्पुरमा होटल ग्राण्ड कन्टिनेन्टल होटका मेनेजर श्याम कार्की, कार्यक्रमका प्रायोजक नेपाल टेलिकम, प्रेम पाण्डे, राजेन्द्र ढुङ्गाना लगायतका बिभिन्न बिशिष्ट व्यक्तित्वहरुलाई प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बहुचर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) को विशेष प्रस्तुती रहेको थियो भने मलेसियामा रहेका बिभिन्न संघसंस्था तथा नेपाली कलाकारहरुको सानदार प्रस्तुती पनि रहेको थियो ।

कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, कलाकार, बिज्ञापनदाता, सञ्चारकर्मीहरु, र बिभिन्न संघ÷संस्था, सामाजिक व्यक्तित्व, उद्योगी÷व्यवसायी, सहित ३६ जना सहभागी हुनुभएको थियो ।

रेडियो धधध।चबमष्यकबलमभकज।अयm र १०६.९ मेगाहर्जबाट ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार कान्तिराजपथबाट प्रशारण भईरहेको छ । रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गरिरहेको अध्यक्ष खड्काले बताउनुभयो ।

गतबर्ष रेडियो सन्देश र बिगत १६ बर्षदेिख मकवानपुर जिल्लाबाट प्रकाशित हुँदैं आएको निकास साप्ताहिकको १५ औं बार्षिकउत्सवको अवसरमा थाईल्याण्डको बैंककमा सन्देश अर्वाड भएको थियो । गतबर्ष बैंककमा भएको कार्यक्रममा नेपालबाट सांसद, राष्ट्रिय स्तरका सञ्चारकर्मीहरु, राजनैंतिक दलका नेताहरु, बिभिन्न संघ÷संस्था, सामाजिक व्यक्तित्व, उद्योगी÷व्यवसायी सहित ७५ जना सहभागी हुनुभएको थियो । सामुदायिक सञ्चार समुहले देशमा नैं पहिलो पटक फरक सोचकासाथ “सन्देश ईन्टरनेशनल अर्वाड–२०२०” घोषणा गरेको खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्