Logo
Logo

१३ दिनपछि खुल्यो सदन


1.4k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको थियो ।

बैठकको सुरुमा दलीय आधारमा एक–एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिुभवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो ।

यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्