Logo
Logo

नेपाल टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो


630
Shares

काठमाडौं । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ ।

टेलिकमले आज एक सूचना जारी गर्दै ढुवानीका क्रममा ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जानकारी दिएको हो ।

टेलिकमले सी नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत सूचनामा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्