
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो सवा एक बजे सुरु भएको बैठकमा एमाले सांसदहरुले उठेर अवरोध नाराबाजी गरेपछि शुक्रबार १ बजेसम्मलाई बैठक स्थगित गरिएको हो ।
बैठकको सुरुवातमै एमाले सांसदहरुले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सूर्य थापालाई बोल्न समय दिएका थिए । तर, सत्ता पक्षका सांसदहरूलेसमेत उठेर विरोध जनाएपछि एमाले सांसदहरुले उठेर वेल घेराउ गरेका थिए ।
एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट सदन चल्न दिएको छैन ।एमाले सांसदहरुले बैठकमा ‘सुन तस्करलाई कारबाही गर, उच्च स्तरीय छानबिन समिति गठन गर, सुशासन कायम गर’ भन्दै नारा लगाएका थिए ।














