Logo

पाँचलाखसहित काठमाडौंमा जुवाडे पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं- महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले ५ लाख ३५ हजार ८ सय ४० रुपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ।

वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोंगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले टोखा नगरपालिका–१०, गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठाबाट बुधबार राति ९ बजे उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्।

वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्