Logo
Logo

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ


3.6k
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साउन दुई गते बरामद भएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन ।

यस प्रकरणमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्