Logo
Logo

सत्ताधारी नेतालाई छानविनको डरले समिती बनाइएन : योगेश भट्टराई


567
Shares

फायल फोटो

महोत्तरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी काण्डमा सत्ताधारी दलका उच्च तहका नेताहरु संग्लन भएको दावी गरेका छन ।

उच्च स्तरिय छानविन समिती बनाएर अगाडि बढदा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छनविन समिती नबनाएको उनको तर्क समेत छ । उधोग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी पुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफुहरुको रहर नभएको पनि बताएका छन ।

उच्च स्तरिय छानविन समितीले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए । मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउदै उक्त निर्वाचनमा स्थानिय देखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्