Logo
Logo

गुणस्तरीय सेवा प्रवाह अभियानमा नर्भिक, भित्र्याए २ अनुभवी चिकित्सक


3.2k
Shares

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् ।

वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन् ।

डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुने बताइएको छ । यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् ।

डा. बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । यस्तै, डा. बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन् ।

दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्