Logo
Logo

उच्च तहका सबै नेताको सम्पत्ति छानविन हुन्छ : कानुनमन्त्री


441
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै कानुनमन्त्री गुरुङले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने सरकारले तयारी गरिरहेको बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने उनको भनाइ छ ।

कानुनमन्त्री गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुनकाण्ड आएको भन्दै भने, ‘मुलुकमा सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा हामी प्रष्ट हुनु आवश्यक छ ।’

उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर नीति तथा कार्यक्रममा देखाउनका लागिमात्रै नलेखिएको भन्दै व्यवहारमा कार्यान्वयन हुने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री गुरुङले भने, ‘यो कुनै हात्तीको दाँत होइन । यो कार्यान्वयन गर्ने हो । त्यसकारण उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्