Logo
Logo

खाद्य संकट देखिए पछि धान खेतमा पुगे किम जोङ



उत्तर कोरिया । उत्तर कोरियाका तानाशाह नेता भनेर चिनिने किम जोङ यतिबेता कृर्षि उत्पानदनमा विषेशध्यान दिइरहेका छन् । देशमा खाद्य संकट खेखिएपछि उनले कृर्षि उत्पादनलाई जोड दिएका हुन् ।

मिसाइल र रकेट उत्पादन र प्रयोगमा व्यस्त देखिने गरेका नेता किम यतिबेला धान खेतमा देखिएका छन् । उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली हेर्न धानबारी पुगेका हुन् ।

समाचार अनुसार खाध्य उत्पादन बढाउनका लागि उनले सेनालाई समेत परिचालन गरेका छन् । सो कार्यमा उपलब्धी हासिल भएको देखिए पछि सेनाको प्रशंसा गर्दै उनले आफू माथिको जिम्मेवारी थपिएको बताए । ‘हामी खाद्य संकटबाट गुज्रिरहेका बेला कुनै पनि जमिन खाली रहन नपरोस्,’ उनले भने । केसीएनएका अनुसार यतिबेला उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको छ ।

यसअघि सन् १९९० मा प्राकृतिक प्रकोपका कारण भोकमरीको सामना गर्नुपरेको थियो । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय सिमानामा सुरक्षाकर्मी बढेमा संकट थपिने विज्ञहरू बताउँछन् । यसबाहेक किमको बारेमा भनिएको छ कि उनले सेनालाई बलियो बनाउन सबै साधन प्रयोग गरिरहेका छन् र यसले आम जनताको जीवनमा असर गरिरहेको छ ।

समाचारअनुसार खेतीयोग्य जमिनको प्रत्येक टुक्रालाई बेवास्ता गर्न नसकिने र त्यसका लागि हेलिकप्टर र अन्य हलुका यातायातका विमान प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । खेतमा हुर्किरहेको बालीलाई नोक्सान नहोस् भनेर कीटनाशक छर्कनमा पनि जोड दिइएको छ ।

यसैबिच हालै देखिएको हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको बताइएको छ । जसकाकारण करिब १४ हजार कोरियाली नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्