Logo
Logo

ओली नेतृत्वको पालामा अव्यवस्थित बजेट बिनियोजन गर्दा अहिले समस्या देखियो : अर्थमन्त्री


567
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गरेर नागरिकलाई समृद्धिको पहुँचमा पुराउने बताएका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका उनले शनिबार कांग्रेस काठमाडौं क्षेत्र नं ३(२)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका हुन् ।

उनले गलत सूचनाको प्रवाहका लागि संगठित रुपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य सावित गराउने खतरा विद्यमान भएकाले जनतालाई सरकारले गरेका सहि कुराको प्रचार गर्नुपर्ने बताए ।

नयाँ पार्टीहरुले गरेका साना कुराको धेरै प्रचार हुने गरेको र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामहरुको प्रचार हुन नसकेको उनले गुनासो गरे । उनले सिमित साधान स्रोतका कारण सबै स्थानमा बजेट बिनियोजन हुन नसकेको जिकिर गरे ।

यसअघि केपी ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट बिनियोजन गर्दा अहिले समस्या देखिएको उनको तर्क छ । उनले स्रोत सुनिश्चित नहुँदा ठेक्का लगाउने प्रवृतिलाई अन्त्य गर्दै अनुशासनमा ल्याउन खोजिएको भन्दै फाइदा दिन नसकेको झोकमा केहीले विरोध गर्ने गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्