Logo
Logo

किसानलाई मल बिक्रि बितरणमा केही सहकारीले बदमासी गरे : कृषिमन्त्री


441
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्रि गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेलालाई उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामाग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महँगोमा बिक्रिबितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् ।

उनले संघीय सरकारले मल भित्राउने मात्रै गरेको बितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रिको जिम्मा दिँदा गडबढी भएको उनको भनाइ छ ।

मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफुहरु सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिब नियन्त्रणमा आएको दावी गरे । उनले खेतियोग्य जमिनमध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताए ।

उनले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने उनको भनाइ छ । सिंचाई नपुगेका स्थानमा समेत सिंचाईको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्