Logo
Logo

भदौ ३ र ४ गते एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक ३ भदौमा सुरु हुने भएको छ । शनिबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो ।

त्यस्तै, भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतविडाले जानकारी दिए । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने उनले बताए ।
नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्