Logo
Logo

दुई किलो सुनसहित एकजना पक्राउ


15.9k
Shares

काठमाडौं । रसुवाबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना पक्राउ परेका छन् । जिल्लाको टिमुरेबाट स्याफ्रुवेशीतर्फ आउँदै गरेका पैदल यात्री भोटेकोसी गाउँपालिका ५ पोखरी बस्ने २४ वर्षे सुदीप शेर्पालाई दुई किलो पहेँलो धातुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चेष्ट गार्डको भित्री खल्तीमा सुनको जस्तो देखिने बिस्कुट आकारको दुई किलो पहेँलो धातु फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

शेर्पालाई उक्त धातुसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्