Logo
Logo

१९३ जनाको हत्या गर्ने ‘सिरियल किलर’ रिहा हुँदै



एजेन्सी । लामो प्रयासपछि समातिएर जेल पठाइएका एक कुख्यात अपराधी जेलमुक्त हुने भएका छन् । १९९९ मा पक्राउ परेर जेल जीवन विताइरहेका कोलम्बियाका लुइस अल्फ्रेडो गाराभिटो अर्थात ‘द बिस्ट सिरियल किलर’ रिहा हुने भएका हुन् ।

उनले एक दुई जनाको होइन, १९३ जनाको हत्या गरेका थिए । कोलम्बियामा आजीवन कारावास ४० वर्ष मात्रै हुने नियम छ । र यदी जेलमा कसैको व्यवहार राम्रो भए २० वर्षपछि जेलबाट रिहा गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाका कारण उनी २० बर्षमा नै जेलबाट रिहा हुने भएका हुन् । यसै वर्ष उनले २० वर्ष जेल सजाय पूरा गर्दैछन् ।

जेलमा लुइसको आचरण निकै राम्रो भएको पाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब उनी जेलबाट मुक्त हुने विश्वास गरिएको छ । उनले बालबालिकालाई मार्नु अघि बलात्कार गर्ने गरेको स्वीकार गरेका थिए ।

अक्टोबर २०२१ मा नेसनल प्रिजन इन्स्टिच्युटले लुइसको राम्रो आचरणको आधारमा रिहा गर्न अदालतका न्यायाधीशलाई अनुरोध गरेको थियो । तर न्यायधिशले पीडित परिवारलाई ३१ लाख रुपैयाँ क्षतिपूर्ति नदिँदासम्म रिहा हुन नसक्ने बताएका छन् । तर, उनले त्यसको ब्यवस्था पनि गरिसकेकाले अब उनी २० बर्षमा रिहाई हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्