Logo
Logo

डोल्पामा ९ जनाबाट एक बालिका बलात्कृत


4.4k
Shares

काठमाडौं । डोल्पामा ९ जना युवाहरु मिलेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना बाहिरिएको छ । घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।

जिल्लाको जगदुल्ला गाउँपालिका–६ का एक बालिकामाथि स्थानीय युवाहरुले पटक पटक बलात्कार गरेको परिवारले किटानी जाहेरी दिएका थिए । बलात्कारमा संलग्न ९ मध्ये ३ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

दुई जना जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवा फरार छन् । फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ ।

गर्भवती भएकी बालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्