Logo
Logo

सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सभामुखको छलफल


945
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग छलफल थालेका छन् । साउन ३ गते बरामद भएको साढे ६० केजी सुन प्रकरणलाई लिएर उच्चस्तरीय समिति मागसहित एमालेले संसद्मा अवरोध गरिरहेका बेला सभामुख घिमिरेले आफूलाई सक्रिय बनाएका हुन् ।

सभामुख घिमिरे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएका छन् ।

साढे ६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जिकिरसहित एमालेले साउन १० गतेदेखि संसद्मा अवरोध गरिरहेको छ । अवरोधबीच आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सभामुखले सत्ता पक्ष र प्रतिपक्ष दलदलाई सँगै राखेर छलफल थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्